Kathmandu Press

लकडाउनमा पनि धरहरा पुनःनिर्माण, तर समयमै नसकिने

काठमाडौैं, जेठ १५ : भूकम्पले भत्किएको धराहराको पुनःनिर्माण लकडाउनमा पनि जारी रहेको छ। तैपनि, लकडाउनका कारण समयमै निर्माण सम्पन्न नहुने भएको छ।

....
लकडाउनमा पनि धरहरा पुनःनिर्माण, तर समयमै नसकिने

काठमाडौैं, जेठ १५ : भूकम्पले भत्किएको धराहराको पुनःनिर्माण लकडाउनमा पनि जारी रहेको छ। तैपनि, लकडाउनका कारण समयमै निर्माण सम्पन्न नहुने भएको छ।

कोरोना भाइरसको गत चैत ११ देखि लकडाउन गरिएको छ। सुरुआति केही हप्ता रोकिएपनि अहिले भने सिमित जनशक्ति परिचालन गरेर काम भइरहेको छ।

Hardik ivf

धरहराको १०औं तला ढलानको काम थालनी हुँदा कोरोनाको काणर देशभर लकडाउन गरिएको थियो। लकडाउनमा धेरै कामदार घर फकिएका छन्। तर, काठमाडौं रहेका ४० कामदार धरहरा पुनःनिर्माणमा खटिएका छन्। ‘अहिले पार्किङ र सञ्चय कोषको भवन भत्काउने काम भइरहेको छ,’ पुनःनिर्माण प्राधिकरणको तर्फबाट कामको निगरानी गरिहेका पुरातत्वविद् राजु मानन्धरले भने।

लकडाउनका अर्को तलो थप्न भने सकिएको छैन। ‘धेरै कामदार लकडाउनका कारण गाउँ फर्किएका छन्। तला थप्नको लागि थोरै कामदारहरुले पुग्दैन। त्यसैले अरु काम गरिरहेका छौं,’ उनले भने।

गाउँ गएका कामदारलाई ल्याउन पहल भइरहेको उनले बताए। लकडाउन अघि तीन सय जनाले काम गरिरहेका थिए।

काम गरिरहेकालाई खाने र बस्ने व्यवस्था गरिएको छ। अब दक्ष व्यक्तिलाई कोरोना परीक्षण गरेर धरहरा पुनःनिर्माणमा ल्याउन प्राधिकरणलाई भनिएको पुरातत्वविद् मानन्धरले बताए।

अब तोकिएको समयमा धरहराको काम नसकिँने भएको छ। लकडाउन थपिँदै जाँदा निर्माणको काम अझ पछाडि धकेलिँदै गएकाले कहिले सम्पन्न हुन्छ भन्न नसकिने उनको भनाइ छ। यसअघि अक्टोबर २०२० अर्थात कात्तिक १५ गतेसम्म सक्ने लक्ष्य रहेको थियो।

अहिलेसम्म ४० प्रतिशत काम सकिँएको छ। यसमा ९६ करोड खर्च भएको छ। धरहरा पुनःनिर्माणमा तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ।
यस अघिको धरहराको स्थानलाई छोडिएको छ। भत्किएको धरहरालाई काँचमा राखिनेछ।

प्रकाशित मिति: ०९:३३ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्