Kathmandu Press

अदालतले थुनामुक्त गरे लगत्तै पक्राउ परे विप्लव समूहका नेता 

काभ्रे, जेठ १५ : नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय नेता लेखराज गजमेर पक्राउ परेका छन्।  गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुन....

अदालतले थुनामुक्त गरे लगत्तै पक्राउ परे विप्लव समूहका नेता 
फाइल

काभ्रे, जेठ १५ : नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय नेता लेखराज गजमेर पक्राउ परेका छन्।  गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले बुधबार साँझ पुनः पक्राउ गरेका हुन्।

प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौं लगेका हुन्। सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिएको थियो।
 
लामाका अनुसार चन्द समूहका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोशाकका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट गिरफ्तार गरी काठमाडौं लगेको हो। गजमेरलाई गत वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ।
 
गजमेरले यही जेठ २ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो। केही महिनाअघि सिन्धुपाल्चोकबाट गिरफ्तारीमा परेका गजमेरलाई सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा दोलखा, रामेछापपछि काभ्रेपलाञ्चोकमा मुद्दा चलाइएको थियो। रासस
 

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्