सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि
‘गैर बको आयोजनामा राष्ट्रले ठुलो लगानी गरेको छ। निजगढको यर्पोटको बारोमा केही उल्लेख गरेको छैन। मध्य पहाडी लोक मार्गको पनि केही उल्लेख गरेको छैन । निजगढको यर्पोटको धेरै नै महत्त्व रहेको छ। राष्ट्रको गेमर चेन्जरको योजनाको रूपमा ल्याइएको थियो,’ उनले भने।काठमाडौं, वैशाख ३० : राष्ट्रियसभाका सांसद झकुप्रशाद सुबेदीले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आज बसेको राष्ट्रिय सभा ९एक्काइसौँ अधिवेशन० बैठकमा बाल्दै उनले राष्ट्रले ठूलो लगानी गरेका आयोजना र राष्ट्रिय गौरवका योजनाबारे दस्तावेज मौन रहेको टिप्पणी गरे।
‘राजस्व उठाउने रोडिगल कुरा नीति तथा कार्यक्रममा केही पनि छैन । नीति तथा कार्यक्रम लागु गर्नको लागी आयोजनाको बारोमा यो दस्तावोज मौन छ,’ उनले भने।
उनका अनुसार निजगढ विमानस्थललाई देशको “गेम चेन्जर” योजनाका रूपमा अघि सारिएको भए पनि नीति तथा कार्यक्रममा त्यसबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छैन ।
‘गैर बको आयोजनामा राष्ट्रले ठुलो लगानी गरेको छ। निजगढको यर्पोटको बारोमा केही उल्लेख गरेको छैन। मध्य पहाडी लोक मार्गको पनि केही उल्लेख गरेको छैन । निजगढको यर्पोटको धेरै नै महत्त्व रहेको छ। राष्ट्रको गेमर चेन्जरको योजनाको रूपमा ल्याइएको थियो,’ उनले भने।
राजस्व संकलन, आयोजना कार्यान्वयन र शिक्षा क्षेत्रबारे नीति तथा कार्यक्रममा स्पष्टता नभएको बताएका हुन्।
‘शिक्षा क्षेत्रलाई कुन दिशामा लैजाने प्रस्ट छैन । कतिपय विषय अन्तर विरोधी छन्। माध्यमिक तहको शिक्षालाई निःशुल्क गर्ने भन्ने छ। तर सामुदायिक, सार्वजनिक शिक्षण सस्थाहरु क्षमता अभिवृद्धि, दक्षे जनशक्तिको आपूर्तिमा सरकारको नीति तथा कार्यक्रम मौन छ। शिक्षामा राज्यले लगानी बढाउनेमा ध्यान छैन,’ उनले भने।
शिक्षा क्षेत्रतर्फ पनि उनले सरकारको नीति विरोधाभासी रहेको आरोप लगाए। माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने घोषणा गरिए पनि सामुदायिक तथा सार्वजनिक शिक्षण संस्थाको क्षमता अभिवृद्धि, दक्ष जनशक्ति उत्पादन र राज्यको लगानी वृद्धिबारे ठोस योजना नदेखिएको उनको भनाइ थियो।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)