जसपा–लोसपा एकतालाई निर्वाचन आयोगले दियो मान्यता
निर्वाचन आयोगले दुई दलको एकीकरणलाई मान्यता दिएको छ।
काठमाडौं, वैशाख ३० : जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतालाई निर्वाचनले मान्यता पाएको छ।
निर्वाचन आयोगले दुई दलको एकीकरणलाई मान्यता दिएको छ।
गत पुसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले एकीकरण गर्ने सहमति गरेको थियो। उनीहरूले एकताको मान्यता पाउन निर्वाचन अघि नै आयोगमा निवेदन दिएका थिए।
२१ फागुनमा सम्पन्न निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि दुवै दल एक भएका हुन्।
प्रकाशित मिति: १६:३८ बजे, बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











