संसदमा प्रधानमन्त्री आउर्नै पर्ने विपक्षीकाे अडान, संसद बैठक फेरि १५ मिनेटका लागि स्थगित
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित हुनैपर्ने माग गर्दै विपक्षी दलहरु अवरोधलाई निरन्तरता दिएपछि सभामुख डिपी अर्यालले बैठक पुनः १५ मिनेटका लागि स्थागित गरेका छन्।
काठमाडौं, वैशाख ३० : प्रतिनिधिसभाको बुधबार बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको छ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित हुनैपर्ने माग गर्दै विपक्षी दलहरु अवरोधलाई निरन्तरता दिएपछि सभामुख डिपी अर्यालले बैठक पुनः १५ मिनेटका लागि स्थागित गरेका छन्।
यसअघि आजको पहिलो बैठकमा पनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले अवरोध गरेका थिए। त्यसपछि १५ मिनेटका लागि स्थगित भएको बैठक डेढ घण्टापछि सुरु भएको थियो।
प्रतिनिधिसभाको दोस्रो बैठकमा सरकारको नीति तथा कार्यक्रम छलफलका लागि संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले गरेका थिए।
त्यसलगत्तै विपक्षी दलहरुले छलफलमा प्रधानमन्त्रीको उपस्थित हुनुपर्ने भन्दै पनुः बैठकमा अवरोध गरेका हुन्।
सभामुखले बैठकको अवरोध हटाउन पटक–पटक विपक्षी दलहरुलाई अनुरोध गरे। उनले प्रधानमन्त्रीसँग भोलि यो विषयमा कुरा गर्ने पनि बताए। तर, विपक्षी दलहरुले अवरोध कायमै राखे।
त्यसपछि सभामुख अर्यालले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरे।