संसदमा फेरि विपक्षीको अवरोध, नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री आउनै पर्ने अडान
दोस्रो बैठकमा सरकारको नीति तथा कार्यक्रम छलफलका लागि संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेलगत्तै विपक्षी दलहरुले पुनः उठेर बैठकमा अवरोध गरेका थिए।
काठमाडौं, वैशाख ३० : प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले अवरोध कायमै राखेका छन्।
पहिलो बैठकमा अवरोध भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक करिब डेढ घण्टा भएपछि दोस्रो बैठक सुरु भएको थियो।
दोस्रो बैठकमा सरकारको नीति तथा कार्यक्रम छलफलका लागि संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेलगत्तै विपक्षी दलहरुले पुनः उठेर बैठकमा अवरोध गरेका थिए।
त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति हुनैपर्ने जिकिर गरे।
‘नीति तथा कार्यक्रमको सफलतामा त उहाँहरूको भविष्य छ । त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नका लागि के अप्ठेरो पर्यो? कि क्रिपा गरेर रुलिङ हुुनुपर्छ,’ उनले भने।
प्रधानमन्त्री शाहलाई सम्मान गरेर नै टेबल गर्न दिएको र छलफलमा प्रधानमन्त्री शाह उपस्थित हुुनपर्ने कांग्रेस सांसद आङ्देम्बेको भनाइ छ ।