Kathmandu Press

आज १३ औं गणतन्त्र दिवस, तीन दिन दिपावली गरी मनाउन गृहको अनुरोध 

काठमाडौं, जेठ १५ : आज १३ औं गणतन्त्र दिवस देशभर मनाइँदै छ । आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापन....

आज १३ औं गणतन्त्र दिवस, तीन दिन दिपावली गरी मनाउन गृहको अनुरोध 

काठमाडौं, जेठ १५ : आज १३ औं गणतन्त्र दिवस देशभर मनाइँदै छ । आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिनको सम्झना गर्ने गरिन्छ ।

संविधानसभाको पहिलो बैठकले वि. सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । यसैबीच, गृह मन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ।  

मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो। २०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो  तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ।

यस बर्ष भने विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन् । 
 

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्