Kathmandu Press

कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ हजार वढीको ज्यान गयो 

काठमाडौं, जेठ १५ : कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ ह....

कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ हजार वढीको ज्यान गयो 
Hardik ivf

काठमाडौं, जेठ १५ : कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५१९ जनाको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या १ लाख २ हजार ९१ पुगेको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ४०० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या १७ लाख ४५ हजार ६५७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ८८ हजार ४३३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ५५ हजार १२९ जनामध्ये १७ हजार १६२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ०६:३८ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्