Kathmandu Press

जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, जेठ १३ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ। निगमको वाइडबडी ए–३३० जहाजले आज राति फु....

जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, जेठ १३ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ। निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ। 

बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौं उडान हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौं अवतरण गर्नेछ। काठमाडौं –फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ। 

निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको जानकारी दिइन्। यो उडानमा २६० हाराहारी यात्रु रहेका छन्। नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन्। पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो।

प्रकाशित मिति: १९:३६ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्