Kathmandu Press

ह्याकरले नेपाली नायिकाको फेक पोर्न भिडियो भाइरल बनाएपछि कलाकार संघले गुहार्‍यो प्रहरी 

काठमाडौं, जेठ १३ : अश्लिल भिडियोमा नेपाली नायिकाहरुको टाउको जोडेर अश्लिल भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको....

ह्याकरले नेपाली नायिकाको फेक पोर्न भिडियो भाइरल बनाएपछि कलाकार संघले गुहार्‍यो प्रहरी 

काठमाडौं, जेठ १३ : अश्लिल भिडियोमा नेपाली नायिकाहरुको टाउको जोडेर अश्लिल भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ। मंगलबार संघका अध्यक्ष रविन्द्र खड्का लगायतको टोलीले महानगरी अपराध महाशाखामा उजुरी दिएको हो।  

अश्लिल भिडियोमा नेपाली नायिकाको टाउको जोडेर भिडियो सार्वजनिक गर्ने काम भारतीय ह्याकरले गरेको अनुमान गर्दै संघले उजुरी दिएको हो। ‘उहाँहरुले ठाडो निवेदन मार्फत उजुरी दिनुभएको छ। यो विषय साइबर क्राइमसँग जोडिन्छ। साइबर ब्युरोसँग समन्वय गरेर अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ,’ महाशाखा स्रोतले भन्यो। 

Hardik ivf

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सरकारले नक्सा जारी गरेपछि ह्याकरले नायिकाको चरित्र हत्या गर्न खोजेको खड्काले बताए। ‘त्यस्ता भिडियो च्याटमार्फत पठाउने गरिएको रहेछ। यस्तै, युट्युब र पोर्न साइटमा समेत अपलोड भएका रहेछन्,’ खड्काले भने।  

ह्याकरले १२ नेपाली नायिकाको फेक भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने धम्की समेत दिने गरेका छन्। एक हिरोइनको भिडियो भने अहिले सार्वजनिक भइसकेको खड्काले बताए। इन्डियन स्पाइडर स्क्वाड नामक समूहले भिडियो लिक गर्ने भन्दै धम्की दिने गरेको छ।

नायिका आँचल शर्माले आफ्नो फेक भिडियो र्साजनिक भएपछि इमेलमार्फत प्रहरीमा उजुरी दिएकी छिन्। भिडियो सार्वजनिक भएपछि उनले भनेकी छिन्, ‘अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका जसले गरेका छन्, तिनीहरुको विरुद्धमा एक भएर अगाडि बढ्न जरुरी छ।’
उनले यस्तो समयमा साथीभाइ अनी शुभचिन्तकको साथको जरुरी रहेको बताएकी छिन्। साथै सहयोगको लागि आग्रह गरेकी छिन्।

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्