Kathmandu Press

रुकुम घटनाको दोशीलाई हदैसम्म कारबाही गरियोस् : समता फाउण्डेसन

काठमाडौं, जेठ १३ : अन्तरजातिय विवाह गरेको भन्दै रूकुम पश्चिम चौरजहारीका नवराज बिक र टीकाराम सुनारको हत्या गरिएको घटनाप्रति समता फाउण्डेसनले घोर भ....

रुकुम घटनाको दोशीलाई हदैसम्म कारबाही गरियोस् : समता फाउण्डेसन

काठमाडौं, जेठ १३ : अन्तरजातिय विवाह गरेको भन्दै रूकुम पश्चिम चौरजहारीका नवराज बिक र टीकाराम सुनारको हत्या गरिएको घटनाप्रति समता फाउण्डेसनले घोर भर्त्सना गरेको छ । 

अन्तरजातीय प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्ने क्रममा ति दुई युवालाई केटीतर्फका कथित उच्च जातका व्यक्तिहरुले हत्या गरेको घटनाको छानविन गर्न पनि फाउण्डेसनले माग गरेको छ । 

मंगलबार फाउण्डेसनका अध्यक्ष प्रदिप परियारले विज्ञप्ति जारी गर्दै संविधानमा नै जातीय छुवाछुत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकको रूपमा संस्थागत गरिएको र नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्तराष्ट्र घोषणा गरिएको अवस्थामा जातकै आधारमा यसरी दलित समुदायका व्यक्तिको निर्मम हत्या हुनु कानूनी राज्य र विधिको शासनको बर्खिलाफ भएको भन्दै तत्काल दोशीलाई पक्राउ गरी कानुन अनसार कारबाही गर्न माग गरेका छन्। 

‘दलित पनि राज्यका नागरिक हुन्। उनीहरूको हकअधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो। यो आपराधिक घटनाले दलितविरूद्ध निकृष्ट र अमानवीय व्यवहार अझै भइरहेको प्रमाणित भएको छ’ परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, नागरिकलाई राज्यको उपस्थितीको अनुभूति गराउन तथा मानवअधिकारको सम्मान र कानूनी शासनको स्थापना गर्न समता फाउण्डेसन सरकारसँग माग गर्दछ ।’

फाउण्डेसनले नेपालको प्रचलित कानून बमोजिम यो क्रुर र अमानवीय घटनाको सत्यतथ्य छानविनका लागि नेपाल सरकारसँग उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । अझै भेरी नदीमा हराइरहेका अन्य व्यक्तिहरुको खोजविहिन हुन नसकेको भन्दै तदारूकतासाथ खोजी गरी उद्धार गर्न पनि विज्ञप्तिमा माग गरिएको छ। 

‘राजनीतिक, आर्थिक प्रलोभन र प्रभाव पर्ने संभावना भएको हुँदा नेपाल प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही गरियोस्’, विज्ञप्तिमा भनिएको छ, ‘पीडितका परिवार तथा आफन्तहरू त्रासमा बस्न बाध्य भएकाले तत्काल उनीहरूको जीउधनको सुरक्षा सुनिश्चित गरियोस्।’
 

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्