सिरहामा हावाहुरीका कारणा छतको रेलिङ खस्दा वृद्ध महिलाको मृत्यु
प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इँटाको रेलिङ अचानक भत्किँदा घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा खसेको थियो।
सिरहा, वैशाख २२ : सिरहामा सोमबार साँझ आएको तीव्र हावाहुरीका कारण एक वृद्ध महिलाको मृत्यु भएको छ। मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको घरको छतमा रहेको रेलिङ भत्किएर खस्दा मृत्यु भएको हो।
प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इँटाको रेलिङ अचानक भत्किँदा घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा खसेको थियो।
गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लगिँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए।
अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, वैशाख २२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












