Kathmandu Press

भारतमा १५ दिनमै थपिए ७० हजार कोरोना संक्रमित

काठमाडौं, जेठ १३ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। गत १५ दिनमा मात्रै ७० हजार संक्रमित थपिएका छन्।

भारतमा आज मात्रै पा....

भारतमा १५ दिनमै थपिए ७० हजार कोरोना संक्रमित

काठमाडौं, जेठ १३ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। गत १५ दिनमा मात्रै ७० हजार संक्रमित थपिएका छन्।

भारतमा आज मात्रै पाँच सय ६ जना संक्रमित थपिएका छन भने सोमबार करिब सात हजार संक्रमित थपिएका थिए। हिन्दुस्तान टाइम्सले गरेको तथ्यांक विष्लेषण अनुसार महाराष्ट्र, तमिलनाडु र दिल्लीमा तीव्ररुपमा संक्रमण फैलिरहेको छ।

गत दुई दिनमा ११ प्रतिशतले संक्रमितको संख्या बढेको जनाएको छ। त्यस्तै, गत १५ दिनमा ७० हजार संक्रमित थपिएको तथ्यांकले देखाएको छ।

अहिले भारतमा एक लाख ४५ हजार चार सय ५६ जनामा संक्रमण देखिएको छ। यस अघि ६८ हजार संक्रमित पुग्न एक सय दिन लागेको थियो। तर, गत १५ दिनमै त्योभन्दा बढी संक्रमित थपिएका छन्।

कोरोना फैलिएका भारतमा मुख्य राज्यहरुमा संक्रमितको संख्या दोब्बर हुने दिनहरु पनि घट्दै गएका छन्। महाराष्ट्र र तमिलनाडुमा १२ दिनमा, दिल्लीमा १४ दिनमा र बिहारमा सात दिनमा संक्रमितको संख्या दोब्बर भइरहेको जनाएको छ।

त्यस्तै, मृत्यु हुनेको संख्या पनि भारतमा बढिरहेको छ। गत १५ दिनमा दोब्बर भएको छ। गत दुई दिनमा आठ प्रतिशतले मृतकको संख्या बढेको जनाएको छ।

भारतमा तीव्ररुपमा फैलिएको कोरोनाका कारण मृतकको संख्या पनि अत्यधिक बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्