Kathmandu Press

राष्ट्रियसभाबाट नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित

काठमाडौं, जेठ १३ : राष्ट्रियसभाबाट ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त वि....

राष्ट्रियसभाबाट नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित
फाइल फोटो

काठमाडौं, जेठ १३ : राष्ट्रियसभाबाट ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।

दुई विधेयक पेश

बैठकमा ‘स्टाण्डर्ड नापतौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ र ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ पेश भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ती दुई विधेयक पेश गरेका हुन्।

त्यसैगरी बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। सो विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेका थिए।

राष्ट्रियसभाको अर्को बैठक आजै अपराह्न २ बजे बस्नेछ। 

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्