Kathmandu Press

रुकुम घटना छानविन गर्न अखिलको माग

काठमाडौं, जेठ १३ : अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले रुकुम पश्चिमको चौरजहारी घटनाप्रति आपत्ति जनाएका छन्। उनले रुकुम पश्चिम घटना एक्काईसौं सताब्द....

रुकुम घटना छानविन गर्न अखिलको माग

काठमाडौं, जेठ १३ : अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले रुकुम पश्चिमको चौरजहारी घटनाप्रति आपत्ति जनाएका छन्। उनले रुकुम पश्चिम घटना एक्काईसौं सताब्दीको मानव समाज र मानव सभ्यतालाई नै लज्जित तुल्याएको बताएका छन्।

उनको भनेका छन्, 'रुकुमको चौरजहारीमा बर्बर हत्या गरिएको घटनाको तत्काल छानविन गरि सत्यतथ्य पत्ता लगाई अपराधिलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा सजाय गर्नुपर्छ।'

गत शनिबार जाजरकोटस्थित भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक प्रेमिकासँग बिहे गर्न भन्दै १९ जना साथीसहित रुकुम पश्चिम पुगेका थिए। चौरजहारी नगरपालिका–८ मा कथित उपल्लो जातकी युवतीसँग प्रेमबिबाह गर्न लागेको भन्दै उनीहरूलाई स्थानीयले ढुंगामुढा गरि आक्रमण गरेका थिए।

स्थानीयको आक्रमणबाट बच्न उनीहरुले भेरी नदीमा हाम फालेका थिए। स्थानीयको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। यस घटनालाई लिएर अहिले चौतर्फी विरोध भएको छ ।

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्