सुनचाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७ सय रूपैयाँ र त्यति नै परिमाणको चाँदीकाे मूल्य पाँच हजार २० कायम भएको छ।
काठमाडौं, वैशाख १० : स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७ सय रूपैयाँ र त्यति नै परिमाणको चाँदीकाे मूल्य पाँच हजार २० कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार १३० रूपैयाँ मा कारोबार भएको थियो।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३ सय र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० रूपैयाँमा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार