Kathmandu Press

सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन्।
सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

काठमाडौं, वैशाख ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको बताएकी छन्।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन्।

Hardik ivf

राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन्।

photo-5_0d53a137-1776845256.jpeg

‘विभिन्न प्रतिनिधिसभाका सदस्यहरुले कुटनीतिक राहदानीको माग आइरहेकाले त्यसलाई कसरी अगाडि लैजाने भनेर पार्टीको सचेतकहरु र प्रमुख सचेतकहरु बोलाएर सभामुखज्यूले कुरा गर्नुभएको हो। यसमा राहदानी ऐन २०७६ ले चाँही नियमावली अनुसार दफा ६ राजधानी ऐनको दफा ६ अनुसार विशेष सरकारी कार्यक्रमहरुमा वा विशेष काममा जाँदा तोकिएको पदाधिकारीले मात्र पाउने कुरा रहेछ,’ उनले भनिन्।

तर, धेरै सांसदहरूलाई विभिन्न कार्यक्रमका लागि विदेश भ्रमणमा जानुपर्ने अवस्था रहेको भन्दै हालको कानुनी व्यवस्थाअनुसार सहज रूपमा राहदानी उपलब्ध गराउन कठिनाइ भइरहेको उनको भनाइ छ।

यस विषयमा आगामी दिनमा सांसदहरूलाई कसरी सहजीकरण गर्ने भन्नेबारे विभिन्न दलका सचेतक र प्रमुख सचेतकहरूबाट सुझाव संकलन गर्न सभामुखले छलफलका लागि बोलाएको उनले जानकारी दिइन्।

‘तर धेरै माननीयज्यूहरुले विभिन्न कार्यक्रममा विदेश भ्रमणमा जानुपर्ने भएकाले अहिले ऐन र नियमावली अनुसार त्यो दिन नमिल्ने तर आगामी दिनमा माननीयहरुलाई सहजीकरण कसरी गर्ने भन्ने विषयमा राय सल्लाह बोलाइएको हो,’ उनले भनिन्।

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, वैशाख ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्