सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार
लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेश भएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलेको थियो ।
काठमाडौं, वैशाख ९ : राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।
लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेश भएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलेको थियो ।
सम्पत्ति शुद्धीकरण मुद्दा लागेका लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने माग राखी सर्वोच्चमा रिट निवेदन पेस गरेको थियो ।
प्रकाशित मिति: ०७:५६ बजे, बुधबार, वैशाख ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार