प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु
प्युठान, जेठ १३ : प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु भएको छ। ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारे....

प्युठान, जेठ १३ : प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु भएको छ। ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाइनमा बसेकी महिलाको आज मृत्यु भएको हो।
मल्लरानी गाउँपालिका ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए। उनी लामो समयदेखि ब्रेन ट्युमरको समस्याबाट पीडित रहेकी थिइन्।
उनको शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए। महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए। परिवारका पाँच सदस्यको आरडिटी परीक्षण हुँदै छ। स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौं।’











