Kathmandu Press

युएईविरुद्ध दीपेन्द्रको कप्तानीमा नेपाली टिम, रोहित आउट हुँदा कशुलको पुनरागमन

टियूमा पहिलो पटक फ्लर्ड लाइटमा हुन लागेको अन्तर्राष्ट्रिय सिरिजमा क्यानले नियमित कप्तान रोहित पौडेललाई टिमबाट बाहिर राख्दै दीपेन्द्रलाई कप्तान बनाएको हो। 
युएईविरुद्ध दीपेन्द्रको कप्तानीमा नेपाली टिम, रोहित आउट हुँदा कशुलको पुनरागमन

काठमाडाैं, वैशाख ४ : नेपाल क्रिकेट संघ (क्यान) टियू क्रिकेट रंगशालामा हुने टि–२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीका कप्तानीमा टिम घोषणा गरेको छ। 

टियूमा पहिलो पटक फ्लर्ड लाइटमा हुन लागेको अन्तर्राष्ट्रिय सिरिजमा क्यानले नियमित कप्तान रोहित पौडेललाई टिमबाट बाहिर राख्दै दीपेन्द्रलाई कप्तान बनाएको हो। 

Hardik ivf

मुख्य प्रशिक्षक स्टुअर्ट लले जारी पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडीलाई टिममा राखेका छन्। उनले अलराउन्ड कुशल मल्ललाई पुनरागमन गराएका छन्। कुशल गत वर्ष ओमानमा भएको टि–२० विश्वकप खेलेयता पहिलो पटक टि–२० टिममा परेका हुन्। 

यस्तै, युवा ब्याट्सम्यान अर्जुन कुमाल र हेमन्त धामीले पहिलो पटक टि–२० टिममा स्थान बनाए। अर्जुन राष्ट्रिय टिममै पहिलो पटक परेका हुन् भने एकदिवसीय टिममा डेब्यू गरिससेका हेमन्त टि–२० टिममा पहिलो पटक परे।

अनुभवी बलरहरू सोमपाल कामी र करण केसी दुवै पहिलो पटक टिममा नहुँदा मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्तोष यादव र अर्जुन साउद टिममा राखेका छन्। एनपिएल र पिएम कपमा पनि उत्कृष्ट प्रदर्शन गरेका युवा अलराउन्डर सन्तोष पहिलो पटक टिमम पर्दा अर्जुनले पुनरागमन गरेका हुन्। 

यता, पिएम कपदेखि नै फर्म गुमाएका ललित राजवंशीलाई ड्रप गर्दै मुख्य प्रशिक्षक स्टुअर्ट लले इनफर्म साहब आलमलाई टिममा राखेका छन्।

नेपाली टिमले आईसिसी विश्वकप लिग–२को सिरिजअघि टियू मैदानमा २० र २१ अप्रिलमा युएईसँग २ खेलको टि–२० सिरिज खेल्ने छ।

673879773_1425380896284953_6456543057359895008_n-1776411422.jpg
 

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, वैशाख ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्