Kathmandu Press

कोरोना संक्रमित ५६ लाख नजिक, भारत पनि ‘टप टेन’मा

काठमाडौं, जेठ १३ : संसारभर कोरोना भाइरस संक्रमितको संख्या ५६ लाख नजिक पुगेको छ। यससँगै भारत पनि सबैभन्दा बढी कोरोना फैलिका दश देशमा पुगेको छ।

<....
कोरोना संक्रमित ५६ लाख नजिक, भारत पनि ‘टप टेन’मा

काठमाडौं, जेठ १३ : संसारभर कोरोना भाइरस संक्रमितको संख्या ५६ लाख नजिक पुगेको छ। यससँगै भारत पनि सबैभन्दा बढी कोरोना फैलिका दश देशमा पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ५५ लाख ९० हजार चार सय ४८ पुगेको छ। त्यसमध्ये तीन लाख ४५ हजार नौ सय १५ जनाको मृत्यु भएको छ।

अहिलेसम्म २३ लाख ६६ हजार सात सय जना निको भएका छन्। अझै २८ लाख ७५ हजार आठ सय ३३ जनाको उपचार भइरहेको छ।

सबैभन्दा बढी अमेरिकामा १७ लाख ६ हजार दुई सय २६ जनामा कोरोना देखिएको छ। त्यसमध्ये ९९ हजार आठ सय पाँच जनाको मृत्यु भएको छ भने अझै १७ हजार एक सय १४ जना गम्भीर रहेका छन्। अमेरिकामा ११ लाख ४१ हजार सात सय ५१ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको ब्राजिलमा तीन लाख ५६ हजार तीन सय ८९ जना संक्रमित भएका छन्। त्यसमध्ये २३ हजार पाँच सय २२ जनाको मृत्यु भएको छ भने एक लाख ५३ हजार आठ सय ३३ जना निको भएका छन्।

यस्तै, रुसमा तीन लाख ५३ हजार चार सय २७ जना बिरामी भएका छन्। अहिलेसम्म तीन हजार तीन सय ३३ जनाको मृत्यु भएको छ।

चौथो नम्बरमा रहेको स्पेनमा दुई लाख ८२ हजार चार सय ८० जनामा संक्रमण देखिएको छ। उनीहरुमध्ये २६ हजार आठ सय ३७ जनाको मृत्यु भएको छ भने एक लाख ९६ हजार पाँच सय ५८ जना निको भएका छन्।

त्यस्तै, बेलायतमा दुई लाख ८१ हजार एक सय ६१ जनामा कोरोना देखिएको छ। त्यसमध्ये ३६ हजार नौ सय १४ जनाको मृत्यु भएको छ।

छैटौं नम्बरमा रहेको इटालीमा दुई लाख ३० हजार एक सय ५८ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म ३२ हजार आठ सय ७७ जनाले ज्यान गुमाएका छन्।

सातौ नम्बरमा रहेको एक लाख ८२ हजार नौ सय ४२ जनामा कोरोना देखिएको छ। त्यसमध्ये २८ हजार चार सय ३२ जनाको मृत्यु भएको छ।

त्यस्तै, जर्मनीमा एक लाख ८० हजार सात सय ८९ जनामा संक्रमण देखिएको छ। उनीहरुमध्ये आठ हजार चार सय २८ जनाको मृत्यु भएको छ भने एक लाख ६१ हजार दुई सय जना निको भएका छन्।

नवौ नम्बरमा रहेको टर्कीमा एक लाख ५७ हजार आठ सय १४ जनामा कोरोना देखिएको छ। त्यसमध्ये चार हजार तीन सय ६९ जनाको मृत्यु भएको छ।

दशौं नम्बरमा पुगेको भारतमा पनि संक्रमितको संख्या एक लाख ४५ हजार चार सय ५६ पुगेको छ। जसमध्ये चार हजार एक सय १४ जनाले ज्यान गुमाएका छन् भने आठ हजार चार सय ९० जना गम्भीर रहेका छन्। भारतमा अहिलेसम्म ६० हजार सात सय ६ जना निको भएका छन्।

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्