टिप्परको ठक्करबाट ड्युटीमा रहेका सईको मृत्यु
भक्तपुर, जेठ १३ : भक्तपुरको मध्यपुर थिमि-४ मा टिप्परको ठक्करबाट ड्युटीमा रहेका प्रहरी नायव निरीक्षक (सई)को मृत्यु भएको छ।
सोमबार राति दुई वट....

भक्तपुर, जेठ १३ : भक्तपुरको मध्यपुर थिमि-४ मा टिप्परको ठक्करबाट ड्युटीमा रहेका प्रहरी नायव निरीक्षक (सई)को मृत्यु भएको छ।
सोमबार राति दुई वटा टिपर ठोक्किदा त्यहि ड्युटीमा रहेका सई निमबहादुर घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई राति नै नर्भिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेका बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अन्यन्त्रित भई एकआपसमा ठोक्किँएका थिए। दुई टिप्पर ठोक्किँदा सडकमै ड्युटीमा रहेका सई मगर घाइते भएका थिए।
उनको दरबन्दी इलाका प्रहरी कार्यालय रुकुमकोटमा रहेको थियो। अहिले काजमा भक्तपुरमा खटिएका थिए।
दुवै टिप्पर चालक धादिङको थाक्रेका ४० वर्षीय राजेश सैजु र राजेन्द्र प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।











