Kathmandu Press

२४ वर्षीया गर्भवतीको मृत्यु, परीक्षण गर्न स्वाब संकलन गरिँदै

सप्तरी, जेठ १३ : होम आइसोलेसनमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका-११ की २४ वर्पीया गर्भवतीको मंगलबार बिहान मृत्यु भएको छ। काेराेनाकाे आशंकामा स्वाब सं....

२४ वर्षीया गर्भवतीको मृत्यु, परीक्षण गर्न स्वाब संकलन गरिँदै

सप्तरी, जेठ १३ : होम आइसोलेसनमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका-११ की २४ वर्पीया गर्भवतीको मंगलबार बिहान मृत्यु भएको छ। काेराेनाकाे आशंकामा स्वाब संकलन गर्न लागिएकाे छ।

उनको आज बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ। जनस्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार, उनलाई ज्वरो आएको थियो भने स्वाशप्रस्वासमा समस्या भएको थियो।

सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएकी २४ वर्षीया गर्भवतीको आज बिहान मृत्यु भएको उनले बताए। उनलाई १० दिन अघिदेखि ज्वरो आएको थियो।

उनले स्थानीय क्लिनिकमा उपचार गराएकी थिइन्। पिसाबमा समस्या भएको भन्दै चिकित्सकले औषधि दिएका थिए भने होम आइसोलेसनमा बस्न सुझाब दिएका थिए।
त्यसयता उनी घरमै बसिरहेकी थिइन्। उनका दुई सन्तान छन्।

कोरोना भाइरससँग मिल्ने लक्षण देखिएकाले होम आइसोलेसनमा बस्न लगाएको जनस्वास्थ्य कार्यालय प्रमुख यादवले बताए। आज उनको स्वाब संकलन गर्न लागिएको छ। त्यसका लागि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली पठाउन लागेको उनले बताए।

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्