Kathmandu Press

नगरपालिकाभित्र कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल

काठमाडौं, जेठ १३ : टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि त्यस क्षेत्र सिल गरिएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोख....

नगरपालिकाभित्र कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल

काठमाडौं, जेठ १३ : टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि त्यस क्षेत्र सिल गरिएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।

टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

प्रकाशित मिति: ०८:५१ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्