Kathmandu Press

भारतमा कोरोनाबाट ४ हजारको मृत्यु, झण्डै १ लाख ४५ हजार संक्रमित

काठमाडौं, जेठ १३ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रूप लिएको भारतमा पछिल्लो समय दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । 

....
भारतमा कोरोनाबाट ४ हजारको मृत्यु, झण्डै १ लाख ४५ हजार संक्रमित

काठमाडौं, जेठ १३ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रूप लिएको भारतमा पछिल्लो समय दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । 

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार १७२ पुगेको छ भने संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको छ । त्यहाँ सोमबार एकैदिनमा ६ हजार ४ सय १४ नयाँ संक्रमित थपिएका छन् भने १४८ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

Hardik ivf

संक्रमितमध्ये ६० हजार ७०६ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८० हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । तीमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर रहेको छ ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । 

प्रकाशित मिति: ०८:११ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्