इथियोपियन विमान दुर्घटनामा नेपाली एकता अधिकारीको निधनभएको पुष्टि
काठमाडौं, फागुन २७ : इथियोपियान विमान दुर्घटनामा निधन हुने नेपाली एकता अधिकारी भएको पुष्टी भएको छ ।
स्थायी घर गोरखा भएकी अधिकारी विश्व....

काठमाडौं, फागुन २७ : इथियोपियान विमान दुर्घटनामा निधन हुने नेपाली एकता अधिकारी भएको पुष्टी भएको छ ।
स्थायी घर गोरखा भएकी अधिकारी विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) इथियोपियामा कार्यरत रहेको बताइएको छ।
अधिकारीको मृत्यु भएको पुष्टि डब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले पनि गरेका छन् ।उनले दुर्घटनाको जानकारी परिवारका सदस्यलाई गराइसकेको पनि बताए। अधिकारीको मृत्यु भएका बारेमा कायरोस्थित नेपाली दुतावासलाई पनि खवर भैसकेको परराष्ट मन्त्रालयले जनाएको छ ।
इथियोपियाको अदिस अबाबाबाट केन्याको नैरोबीका लागि १४९ यात्रु र चालकदलका ८ सदस्य लिएर उडेको विमान हिजो विहान दुर्घटना भएको थियो । दुर्घटनामा सवार सबैको निधन भएको थियो ।











