Kathmandu Press

राष्ट्रिय युवा परिषद्मा पुनः ढुङ्गेल

काठमाडौं, जेठ १३ : राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः भएका छन् ।

  सोमबार प्रधानमन्त्री निवास बालुवा....

राष्ट्रिय युवा परिषद्मा पुनः ढुङ्गेल

काठमाडौं, जेठ १३ : राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः भएका छन् ।

  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए ।  उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो । नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुङ्गेलले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।

ढुङ्गेल तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका थिए । 

प्रकाशित मिति: ०७:४२ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्