कपिलवस्तुको क्वारेन्टाइनबाट ३० जना भागे
काठमाडौं, जेठ १३ : कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्।
क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोनाको परीक्षण नभएको....

काठमाडौं, जेठ १३ : कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्।
क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोनाको परीक्षण नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेको बुझिएको छ । कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन्।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन्। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन्।
कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए। उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो।











