जापानमा लगाइएको संकटकाल हटाईयो
काठमाडौं, जेठ १३ : जापानमा कोरोना भाइरसको महामारी फैलिएपछि लगाइएको संकटकाल अन्त्य भएको छ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर ....

काठमाडौं, जेठ १३ : जापानमा कोरोना भाइरसको महामारी फैलिएपछि लगाइएको संकटकाल अन्त्य भएको छ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको संकटकाल अन्त्य भएको घोषणा गरेका हुन् । सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले कोरोना भाइरसविरुद्ध ल्याइएको विशेष कानूनका आधारमा लागू गरिएको संकटकाल हटाइएको जनाएका हुन् ।
जापानमा गत अप्रिल ७ तारिखबाट लागू गरिएको आपतकाल मे २५ तारिख सोमबार साँझबाट नै लागू हुनेगरि रद्दको घोषणा गरिएको हो ।
प्रकाशित मिति: ०६:५९ बजे, मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












