Kathmandu Press

नरैनापुर क्वारेन्टाइनका मुस्लिमले नमाज बिना मनाए ईद

काठमाडौं जेठ १२ : कोरोना भाइरस संक्रमणको जोखिम फैलन नदिन बाँकेमा ७ सय मानिस क्वारेन्टाइनमा बसेका छन्। जसमध्ये ६० प्रतिशत मानिस मुस्लिम समुदायका छन्।&n....

नरैनापुर क्वारेन्टाइनका मुस्लिमले नमाज बिना मनाए ईद
आज नेपालगञ्जको वी.पी चोकस्थित ईदगाहमा सहभागी

काठमाडौं जेठ १२ : कोरोना भाइरस संक्रमणको जोखिम फैलन नदिन बाँकेमा ७ सय मानिस क्वारेन्टाइनमा बसेका छन्। जसमध्ये ६० प्रतिशत मानिस मुस्लिम समुदायका छन्। 

मुस्लिम समुदायको महान पर्व ईद आज परेकोले नरैनापुर गाउँपालिकाले क्वारेन्टाइनमा बसेका मुस्लिमलाई इद विशेष भोजनको व्यवस्था गरेको छ। 

ईद पर्वको दिन मुस्लिम समुदायले आफन्तको साथमा आपसमा शुभकामना आदान प्रदान गरि नमाज पढेर दावत्त (भोज) खाएर मनाउने गरेका छन्। 

क्वारेनटाइनमा बसेका मुस्लिमलाई भोजको व्यवस्था गरेको भएपनि नमाज पढ्न नपाएकोमा भने दुःख लागेको छ।

नरैनापुर गाउँपालिका-२ को क्वारेन्टाइनमा बसेका ४० वर्षीय मुसद अहमद शाह भन्छन, ‘पुरानो कपडा लगाएर नमाज पढ्न मिल्दैन, नुहाएर चोखो कपडा लगाएर नमाज पढ्नुपर्छ।’ उनले भने, ‘मस्जिद जान नपाएपनि क्वारेन्टाइनमा बसेकालाई दुरी कायम गरी मैलानालाई बोलाएर नमाज पढ्न दिएको भए हुन्थ्योे।’

त्यस्तै, क्वारेन्टाइनमा बसेका सेन्नी अहमद शाह नमाज पढ्न नपाएकोले यो वर्षको ईद नरमाइलो भएको बताउँछन्। क्वारेन्टाइनमा बसेका सबैको परीक्षण नभएका कारण टाढैबाट ईद मुवारक दिएर मनाएको उनले बताए।

सबै कुराका व्यवस्था भएपनि भेला भएर नमाज पढ्न नपाएपछि ईदको महत्व नभएको उनको बुझाई छ।

गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवका अनुसार गाउँपालिकाको १३ वटा विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइएको छ। मुस्लिम समुदायको महान पर्व ईद भएकाले १३ वटै क्वारेन्टाइनमा ईदमा बनाइने विशेष परिकार बनाएर भोजन गराइएको उनले बताइन्।

काठमाडौंका मुस्लिमहरु घरभित्रै नमज पढेर मनाए 

काठमाडौंको वसन्तपुरमा बस्दै आएका मुस्लिमले भने घरमै नमाज पढेर ईद मनाएका छन्। 

मस्जिद खुल्ला नभएपनि घरमै नमाज पढेर मनाइएको वसन्तपुरका २४ वर्षीय आशिष खान बताउँछन्।

कोरोना संक्रमणको त्रासको कारण भेला हुन नपाएपछि आफन्तलाई फोनबाट शुभकामना दिइएको उनले बताए।

प्रकाशित मिति: १९:४३ बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्