प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या दुई सय ३२
जनकपुरधाम, जेठ १२ : प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या २३२ पुगेको छ।
आइतबारसम्ममा १७८ जना संक्रमित रहेको प्रदेशमा आज मात्र ५४ जना नयाँ ....

जनकपुरधाम, जेठ १२ : प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या २३२ पुगेको छ।
आइतबारसम्ममा १७८ जना संक्रमित रहेको प्रदेशमा आज मात्र ५४ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा थप ७२ जनामा कोरोना संक्रमित भएका मध्ये प्रदेश २ का चार जिल्ला रौतहट, बारा, सप्तरी र धनुषामा गरी ५४ जना नयाँ संक्रमित छन्।
सोमध्ये रौतहटको राजपुर फरहदवाको २, ६, ८ र ९ वडाका साथै इशनाथपुर–२ का गरी १८ देखि ५३ वर्ष उमेरका २६ जना नयाँ संक्रमित छन् उनीहरुको स्वाबको नमूनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो। रौतहटमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ।
बाराको कलैया नगरपालिका–१को कोटवासीका २५ र ३२ वर्षका दुईजना थपिएका छन्। उनीहरुको पनि टेकुस्थित प्रयोगशालामा स्वाब परीक्षण भएको थियो। यसका साथै किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र, हेटौँडामा गरिएको परीक्षणमा बाराका गढीमाई नगरपालिकाका १८ वर्षदेखि ५० वर्ष उमेरका २१ जनामा संक्रमण पुष्टि भएको छ। यी दुवै नगरपालिकाका २३ जनासमेत गरी यस जिल्लामा संक्रमितको संख्या ३६ पुगेको छ।
धनुषाको नगराइन नगरपालिकाका ३०, ३१ र ४५ वर्षका तीनजना गरी धनुषामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ। उनीहरुको स्वाबको परीक्षण टेकुस्थित प्रयोगशालामा भएको थियो। यसका साथै, सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २२ र २४ वर्षका दुईजना थपिएको हो दुवैको स्वाबको परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको थियो। सप्तरीमा संक्रमितको संख्या चार पुगेको छ। त्यस्तै सिरहामा एक, महोत्तरीमा चार, सर्लाहीमा ३४ र पर्सामा ९३ जना संक्रमित रहेका छन्।











