इथियोपियन विमान दुर्घटनामा एक नेपालीको निधन
काठमाडौं, फागुन २६ : इथियोपियान विमान दुर्घटनामा एक जना नेपालीको पनि निधन भएको पुष्टि भएको छ ।
राजधानी अडिस अबाबाबाट केन्याको राजधानी ....
काठमाडौं, फागुन २६ : इथियोपियान विमान दुर्घटनामा एक जना नेपालीको पनि निधन भएको पुष्टि भएको छ ।
राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान आज विहान दुर्घटना भएको थियो ।
दुर्घटनामा विमानमा सवार १५७ जनाकै निधन भएको थियो ।
इथियोपियन विमानले ट्वीट गर्दै विमानमा सवार यात्रुहरुको देशको नाम सार्वजनिक गर्दै एक जना नेपाली परेको उल्लेख गरेको छ । यात्रुहरुको नाम भने खुलाईएको छैन ।
विमानमा ३२ जना कन्याका, १८ क्यानाडियन, ९ जना इथियोपियन, ८ जना चिनियाँ, ८ जना इटालीयन, ८ जना अमेरिकन, ७ जना फ्रन्च, ७ जना वेलायती, ६ जना इजिप्टका र ५ जना जर्मनकीका थिए । त्यसैगरी ४ भारतीय, १ नेपाली लगायत विमानमा सवार थिए ।







