Kathmandu Press

सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण

‘आजभन्दा सात वर्ष पहिले रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाहरूको हत्या भयो। अन्तरजातीय प्रेम र विवाहका कारण भएको त्यो घटना सामान्य विवाद मात्र थिएन, जातकै आधारमा गरिएको विश्वमै दुर्लभ र भयावह घटना हो,’ उनले भने।
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण

काठमाडौं, चैत २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले रुकुम पश्चिमको सोती घटनालाई संसदमा उठाउँदै दलित समुदायमाथि भइरहेका अत्याचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०७७ जेठ १० गते रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाको अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्ममतापूर्वक हत्या गरिएको घटना स्मरण गरे।

Hardik ivf

‘आजभन्दा सात वर्ष पहिले रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाहरूको हत्या भयो। अन्तरजातीय प्रेम र विवाहका कारण भएको त्यो घटना सामान्य विवाद मात्र थिएन, जातकै आधारमा गरिएको विश्वमै दुर्लभ र भयावह घटना हो,’ उनले भने।

०७७ जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक विवाहका लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका बेला स्थानीयले लखेट्दा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए । मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।

सांसद सुनारले हालैका अन्य घटनाहरू पनि उल्लेख गर्दै दलित समुदायमाथि हिंसा र विभेद अझै कायम रहेको बताए।

‘केही समयअघि मात्रै सुर्खेतमा इनिशा विकको बलात्कारपछि हत्या भएको छ। आजभन्दा आठ वर्ष पहिले काभ्रेको पाँचखालमा हत्या गरिएका अजित मियाँको शव अझै काठमाडौंको टिचिङ अस्पतालको मुर्दाघरमा छ,’ उनले भने।

उनले दलित समुदायको अवस्था चित्रण गर्दै ‘दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ’ भन्ने टिप्पणी गरे।

सांसद सुनारले यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । उनले सरकारले दलित समुदायसँग मागेको क्षमायाचनाको लागि धन्यवाद व्यक्त गरे।

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, चैत २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्