Kathmandu Press

संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्छ : सांसद केसी

‘आकस्मिक समयलाई पनि अगाडि गएर टिपाउनुपर्ने परम्परा सदनमा यसअघि स्थापित भएको छ, त्यो परिवर्तन हुनुपर्छ। आकस्मिक समय भनेको सांसदको विशेषाधिकार हो, प्रधानमन्त्री बोल्दाबोल्दै भए पनि हात उठाएर बोल्न पाउनुपर्छ,’ उनले भने।
संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्छ : सांसद केसी

काठमाडौं, चैत २३ : नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा तत्काल जानकारी गराउन नाम नटिपाई बोल्न पाउनुपर्ने बताएका हुन्।

Hardik ivf

‘आकस्मिक समयलाई पनि अगाडि गएर टिपाउनुपर्ने परम्परा सदनमा यसअघि स्थापित भएको छ, त्यो परिवर्तन हुनुपर्छ। आकस्मिक समय भनेको सांसदको विशेषाधिकार हो, प्रधानमन्त्री बोल्दाबोल्दै भए पनि हात उठाएर बोल्न पाउनुपर्छ,’ उनले भने।

यसैगरी उनले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यसको प्रभावकारी र रचनात्मक उपस्थितिले लोकतन्त्रलाई जीवन्त बनाउने बताए। उनले केही स्थापित संसदीय मान्यताहरू परिवर्तन गर्न आवश्यक रहेको पनि औंल्याए।

उनले संसदले पक्ष–विपक्षभन्दा माथि उठेर सबै धारणा र मान्यतालाई समेट्दै निष्कर्षमा पुग्नुपर्ने आवश्यकता रहेको बताए । साथै, सभामुखले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

‘लोकतन्त्र वाद–प्रतिवाद र संवादको प्रक्रिया हो। फरक–फरक विचारबीच कहिलेकाहीँ तिक्तता उत्पन्न भए पनि त्यसैबाट निस्कने सार नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने।

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, चैत २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्