Kathmandu Press

बर्दियामा एकैदिन चार जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १२ : बर्दियामा एकैदिन चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दिय....

बर्दियामा एकैदिन चार जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १२ : बर्दियामा एकैदिन चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरिया नगरपालिकाका २२, २४ र १८ वर्षीय पुरुष गरी थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

यसअघि सोमबार बिहान  बर्दियाको बाँसगढी–९ का २५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ६८२ पुगेको छ। संक्रमितमध्ये ११२ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्