अछाममा पनि भेटिए कोरोनाका संक्रमित
काठमाडौं, जेठ १२ : अछाममा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा अछामको मेललेख गाउँपालिकाका ....

काठमाडौं, जेठ १२ : अछाममा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा अछामको मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ६८२ पुगेको छ। संक्रमितमध्ये ११२ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १७:०० बजे, सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











