प्रधानमन्त्रीले गरे राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश
काठमाडौं, जेठ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
काठमाडौं, जेठ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६÷७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १५:५४ बजे, सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार