Kathmandu Press

भारतमा २४ घन्टायता ६ हजार ९७७ नयाँ संक्रमित

नयाँ दिल्ली, जेठ १२ : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन्।

भारतीय सञ्चारकाअनुसार पछि....

भारतमा २४ घन्टायता ६ हजार ९७७ नयाँ संक्रमित

नयाँ दिल्ली, जेठ १२ : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन्।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार योसहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५  पुगेको छ। 

त्यसैगरी भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ। यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: १५:२७ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्