सेती नदीमा डुबेर एकको मृत्यु
तनहुँ, जेठ १२ : पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीमा बस्दै आएका २६ वर्षीय पप....
तनहुँ, जेठ १२ : पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीमा बस्दै आएका २६ वर्षीय पप्पु नाम गरेका व्यक्तिको डुबेर मृत्यु भएको हो।
नाम, थर र वतन खुल्न नसकेका ती व्यक्ति केही महिनाअघिदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्ने र एक्लै डेरा गरी बस्दै आएका थिए।
शुक्लागण्डकी ४ र ८ नं जोड्ने पक्की पुलभन्दा माथि सेतीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
नदीले बगाएको युवकलाई गाईवस्तु हेर्न गएका गोठालाले देखेपछि प्रहरीमा खबर गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।