टिचिङ अस्पतालमा कोरोना परीक्षण गर्ने मेसिन जडान
काठमाडौं, जेठ १२ : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कोरोना परीक्षण गर्न सकिने ल्याब स्थापना गरिएको छ। सोमबार पीसीआर विधिबट कोरोना परीक....

काठमाडौं, जेठ १२ : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कोरोना परीक्षण गर्न सकिने ल्याब स्थापना गरिएको छ। सोमबार पीसीआर विधिबट कोरोना परीक्षण गर्न सकिने मेसिन स्थापना गरिएको हो।
पीसीआर बिधिबाट परीक्षण गर्न कर्मचारीलाई तालिमदिएपछि सुरु गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
स्वाब संकलन गरेको लामो समयसम्म रिपोर्ट आउन नसकेको कारण संक्रमणको थप जोखिम बढ्ने भएकोले मेसिन जडान गरिएको अस्पतालले जनाएको छ। टिचिङमा जडान गरिएको उक्त मेसिनले एक पटकमा एक सय जनाको स्वाब परीक्षण गर्न सकिन्छ।
प्रकाशित मिति: १४:५४ बजे, सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











