Kathmandu Press

भारतबाट फर्किने मजदुरको गड्डाचौकीमा एक किमि लाइन

महेन्द्रनगर, जेठ १२ : लकडाउनको दुई महिनापछि गड्डाचौकी नाका खोलेसँगै भारतबाट आउने नेपाली मजदुरको एक किलोमिटरभन्दा लामो लाइन लागेको छ।

भारतमा ....

भारतबाट फर्किने मजदुरको गड्डाचौकीमा एक किमि लाइन
प्रशान्त भट्ट

महेन्द्रनगर, जेठ १२ : लकडाउनको दुई महिनापछि गड्डाचौकी नाका खोलेसँगै भारतबाट आउने नेपाली मजदुरको एक किलोमिटरभन्दा लामो लाइन लागेको छ।

भारतमा रेल र बस सेवा सुरु भएसँगै नेपाली मजदुर घर फर्किन थालेका हुन्। सीमा नाका बन्द गरिएका कारण उनीहरु दुःख झेलेर वैकल्पिक बाटो प्रयोग गरिरहेका थिए।

कयौं मजदुर घन्टौ जंगलको बाटो नेपाल फर्किरहेका थिए भने कयौं राति लुकेर आइरहेका थिए। लुकेर आउँदा झन जोखिम बढ्ने जनाउँदै कञ्चनपुर जिल्ला सुरक्षा समितिको बैकठले गड्डाचौकी नाका खोल्ने निर्णय गरेको थियो।

त्यहिअनुसार, आज बिहानैदेखि गड्डाचौकी नाकामा मजदुरहरुको लाइन लागेको हो। स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर लाइन लगाएर नेपाल प्रवेश गराइरहेको छ।

धेरै लोमा लाइन लागेको र अझै सयौं मजदुर पालो पर्खिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए। 'भारतबाट फर्किने क्रम जारी रहेको छ। उनीहरुलाई व्यवस्थित गरेर स्वदेश भित्र्याइरहेका छौं,' उनले भने।

एक साता यता सुदूरपश्चिमका विभिन्न नाका भएर १२ हजार मजदुर स्वदेश फर्किएका छन्। उनीहरु कैलाली र कञ्चनपुरका विभिन्न नाका भएर आएका थिए। सबैलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ।

आज स्वदेश फर्किएका मजदुरलाई पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइने भएको छ।

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्