Kathmandu Press

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १२ : भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए....

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १२ : भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर नेपालमा भारतको पश्चिम बंगाल र बंगलदेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको हो। 

उक्त प्रणालीको प्रभावले आज देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। 

भोलि देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार देशको मध्य तथा पूर्वी भूभागका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव २ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहने छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव १ डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित मिति: १३:५५ बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्