इथियोपियन विमान दुर्घटनामा १५७ जनाको निधन
काठमाडौं, फागुन २६ : इथियोपियान विमान दुर्घटना हुँदा त्यसमा सवार १ सय ५७ जनाको मृत्यु भएको छ ।
इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्य....

काठमाडौं, फागुन २६ : इथियोपियान विमान दुर्घटना हुँदा त्यसमा सवार १ सय ५७ जनाको मृत्यु भएको छ ।
इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान आईतबार विहान उडेको ६ मिनेटमै दुर्घटनामा भएको हो ।
विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए ।
इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।
विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो ट्विटरमार्फत दिएका थिए ।
दुर्घटना राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक भएको इथियोपिष्न एयरलाइन्सले उल्लेख गरेको छ ।











