Kathmandu Press

धनुषामा दुई सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं, जेठ १२ : आज थपिएका कोरोना भाइरस संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेको खुलेको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको सू....

धनुषामा दुई सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं, जेठ १२ : आज थपिएका कोरोना भाइरस संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेको खुलेको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचिमा प्रदेश २ का ५४ जना संक्रमित रहेका छन्। जसमध्ये धनुषाका दुई जना सुरक्षाकर्मी रहेको जिल्ला प्रशासन कार्यालय, धनुषाले जनाएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार, दुवै जना प्रहरी जवान रहेका छन्। उनीहरु नगराइन नगरपालिकाको गंगुलीमा प्रादेशिक क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका थिए।

उनीहरु क्वारेन्टाइनमा कागजात मिलाउन खटिएका थिए। उनीहरु ३१ र ४५ वर्षका रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

 

प्रकाशित मिति: १३:५० बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्