Kathmandu Press

बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १२ : बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ। सोमबार स्वस्थ्य मन्त्रालयले सार्वजनिक गरेको ७२ कोरोना संक्रमित मध्ये एक ब....

बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १२ : बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ। सोमबार स्वस्थ्य मन्त्रालयले सार्वजनिक गरेको ७२ कोरोना संक्रमित मध्ये एक बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुष रहेको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए। 

कोरोना भाइरसकोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ। 

यससमेत बूढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ। यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।  कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ। 

त्यस्तै नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२  पुरुषलाई नगरपालिका–७ स्थित छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो । ती पुरुषको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए।

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्