कपिलवस्तुकी पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी डिस्चार्ज
कपिलवस्तु, जेठ १२ : कपिलवस्तुकी पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी डिस्चर्ज भएकी छिन्। उनीसहित जिल्लामा कोरोना जितेर घर फर्कनेको संख्या ११ पुगेको छ।....

कपिलवस्तु, जेठ १२ : कपिलवस्तुकी पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी डिस्चर्ज भएकी छिन्। उनीसहित जिल्लामा कोरोना जितेर घर फर्कनेको संख्या ११ पुगेको छ।
कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो। उनको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। नेपालमै पहिलो स्वास्थ्यकर्मी संक्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा किशोर बञ्जाडेले बताए। उनलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको उनले बताए।
गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई कपिलवस्तु अस्पतालको आइसोलेशनमा राखिएको थियो। नर्स संक्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पीसीआर परीक्षण गरिएको थियो। उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो।
शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनतीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो। कपिलवस्तुमा सोमबारसम्म ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।











