Kathmandu Press

भारतमा दुई महिनापछि आन्तरिक उडान सुरु

काठमाडौं, जेठ १२ : भारतमा कोरोना भाइरसका कारण बन्द गरिएको हवाइ सेवा दुई महिनापछि सुरु भएका छ।

सोमबारदेखि भारतले आन्तरिक उडान सुरु गरेको हो। ....

भारतमा दुई महिनापछि आन्तरिक उडान सुरु
एजेन्सी

काठमाडौं, जेठ १२ : भारतमा कोरोना भाइरसका कारण बन्द गरिएको हवाइ सेवा दुई महिनापछि सुरु भएका छ।

सोमबारदेखि भारतले आन्तरिक उडान सुरु गरेको हो। यसका लागि स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गरेको छ।

आन्तरिक उडानका लागि विदेशबाट आएका यात्रुले कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ। साथै हवाइ सेवा लिएका यात्रुले १४ दिन सेल्फक्वारेन्टाइनमा बस्नुपर्नेछ। अन्तर्राष्ट्रिय उडान भने भारतले बन्द नै राखेको छ।

हवाइ सेवासँग रेल र बस सेवा पनि सुरु गरेको छ। हवाइ र रेल सेवा देशभर सञ्चालन हुने छ भने बस सेवा राज्यभित्र मात्रै सञ्चालन हुने जनाएको छ।

भारतमा लकडाउन सुरु भएको ६२ दिन पुगेको छ। लकडाउन सुरु भएसँगै हवाइ, रेल र बस सेवा बन्द गरेको थियो।

सोमबारसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार ४९ पुगेको छ। जसमध्ये चार हजार २४ जनाको मृत्यु भएको छ।

भारतमा ५७ हजार सात सय २१ जना निको भएका छन भने ७७ हजार तीन सय चार जनाको उपचार चलिरहेको छ। संक्रमण घटेको छैन। आज बिहान मात्रै पाँच सय १३ जना संक्रमित थपिएका छन।

तैपनि भारतले अर्थ व्यवस्थालाई ध्यानमा राखेर आन्तरिक उडान तथा रेल र बस सेवा सञ्चालन गरेको जनाएको छ।

 

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्