Kathmandu Press

सुरक्षित भएर इद मनाउन प्रदेश प्रमुखको अपिल

सुर्खेत, जेठ १२  कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस  (कोभिड–१९) को संक्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्....

सुरक्षित भएर इद मनाउन प्रदेश प्रमुखको अपिल

सुर्खेत, जेठ १२  कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस  (कोभिड–१९) को संक्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गरेका छन्। 

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणबाट सुरक्षित रहन सजग गराए।

शुभकामना सन्देशमा भनिएको छ, “बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।” उनले इदले सबैमा भ्रातृत्व, शान्ति र सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १२:२० बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्