Kathmandu Press

भारतबाट फर्किएका रौतहटका २६ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ १२ : रौतहटमा एकैदिन २६ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरु सबै भारतबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्व....

भारतबाट फर्किएका रौतहटका २६ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ १२ : रौतहटमा एकैदिन २६ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरु सबै भारतबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौटहटका २६ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेको व्यक्तिहरु रहेको जनाएको छ।

सोमबार संक्रमण देखिएकाहरुमा रौतहटको राजपुर फरदहवा नगरपालिका वडा नं. २, ६, ८ र इशनाथ२ का रहेका छन्। उनीहरु १८ देखि ५३ वर्षसम्मका रहेका छन्। संक्रमण देखिएका सबै पुरुष हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, ३५, ३६, ४० र ४८ वर्षका तीनतीन जना रहेका छन्। त्यस्तै, १८, १९, २२, २७, ३०, ३१, ३८, ४२, ४३, ४९, ५०, ५१ र ५३ वर्षका एकएक जना रहेका छन्।

उनीहरुसँगै रौतटहमा संक्रमितको संख्या ४९ पुगेको छ। यसअघि २३ जनामा संक्रमण देखिएको थियो।

 

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्