Kathmandu Press

कर्णाली प्रदेशमा पनि एकै दिन थपिए सात संक्रमित

काठमाडौं, जेठ १२ : कोरोना भाइरसको सबैभन्दा कम प्रभाव रहेको कर्णाली प्रदेशमा पनि एकै दिन सात जना संक्रमित थपिएका छन्।

नेपालगञ्जस्थित भेरी अस्....

कर्णाली प्रदेशमा पनि एकै दिन थपिए सात संक्रमित

काठमाडौं, जेठ १२ : कोरोना भाइरसको सबैभन्दा कम प्रभाव रहेको कर्णाली प्रदेशमा पनि एकै दिन सात जना संक्रमित थपिएका छन्।

नेपालगञ्जस्थित भेरी अस्पताल, सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपंक्षी रोग प्रयोगशालामा गरिएको परीक्षणमा सात जनाका कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार कोरोना देखिएका कर्णालीका सात जनामा एक महिला र ६ पुरुष रहेका छन्।

भेरी अस्पतालमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका र ढुंगेश्वर नगरपालिकाका पाँच जनामा कोरोना देखिएको हो। त्यस्तै, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुरास गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो।

योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या आठ पुगेको छ। यस अघि एक जनामा मात्रै संक्रमण देखिएको थियो।

कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको छ। यस अघि चार जनामा कोरोना देखिएको थियो। यस अघि देखिएका चार जनामध्ये तीन सुर्खेतका र एक दैलेखका रहेका थिए।

 

प्रकाशित मिति: ११:४४ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्